18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई January 29, 2011, 8:53 pm

हिड्दै छु म गलेको छैन।।

अझै यो ज्यान ढलेको छैन।।

घोच्दै\चिमोट्दै\चिथोर्दै छन्,

तथापि म एकरति चलेको छैन।।

चौरास्ता मलाई पासो थापेका छन्,

तैपनि म रुखमा फलेको छैन।।

आगो झोसीएको छ चारै कुना,

तर मेरो चिता बलेको छैन।।

ए मेरो मृत्‍यु हेर्नेहरु हो!

जिउँदै छु म जलेको छैन।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।