चाडै फर्कि आउछु भनेकि थियौ र पो आएँ ।
मिठो गीत गाउछु भनेकि थियौ र पो आएँ ।।
जातभात रीतिथिती सबका सब छोडी,
चोखो माया लाउछु भनेकि थियौ र पो आएँ ।
माईतीघरको बन्धनलाई तोड्ने हो कहिले?
मेरै तिर धाउछु भनेकि थियौ र पो आएँ ।।
सारा सुखसयल ऐसआराम छोडी,
मन भित्रै छाउछु भनेकि थियौ र पो आएँ ।।
मन्दिर धाई धाई धेरै गर्यौ पुजा,
मलाई नै पाउछु भनेकि थियौ र पो आएँ ।।