18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल इन्दिरा खतिवडा "प्रयास" January 29, 2011, 8:42 pm

सहजै समुद्र तर्ने थिएँ, हात पाए तिम्रो ।

लाली किरण छर्ने थिएँ, साथ पाए तिम्रो।।

पलपल तिम्रो यादमा, एक्लै रुदै भएपनि ।

ओठ्मा हाँसो भर्ने थिएँ, आँत पाए तिम्रो ।।

तिम्रो माया तिम्रै छायाँ,देख्छु मनभरि ।

पत्रहरु,लेख्दै गर्ने थिएँ,खात पाए तिम्रो ।।

जीवनको गोरेटोमा जतिकष्ट आए पनि ।

हाँसी-हाँसी मर्ने थिएँ,काख पाए तिम्रो ।।

दमक -८ झापा, हाल -इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।