18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पोइसो कमाउने काइदा

हास्यव्यङ्ग्य लक्ष्मण गाम्नागे January 26, 2011, 8:29 pm

पोइसो कमाउने काइदा पनि दुनिया“मा कति रान् कति । बाह्रवर्षे प्रजातान्त्रिक रुखमा फलेका फलहरू मज्जाले खान पाएकाहरूले पोइसो कमाएको देख्ता मलाई पनि आजभोलि कतार र कोरियाको कुरा छाडी आफ्नै मुलुकको पोइसो फल्ने खोरिया फा“डौ“ जस्तो भैराछ । अस्तिसम्मको सिकुटी साइ“लो हेर्दाहेर्दै या“मानको ढिकुटी जस्तो भएको देख्ता खर्लप्पै खुइलिएर उसिनेको आलुजस्तो भएको मेरो तालुमा पनि कपाल पलाएर आउला जस्तो भैराछ । खोपा भएको मुखभित्र नया“ ब“गारो पलाउला जस्तो भएर उसै उसै गिजा चिलाइराछ । अझ मौका चानसले मुलुकको ढुकुटीमा एस्सो दा“त हालेर एउटासम्म काट्टो खान पाए त बेत बसिसकेको बूढो बै“स पनि मात्तिएर जुरुक्जुरुक् ह“ुदो रैछ भन्ने थाहा पाउ“दा आफूभित्रको नैतिकता सैतिकता पनि बेपत्तास“ग लापत्ता हुन खोजिराछ । आम्मै ! काट्टोमा एउटा पिलेन पार्न पाएदेखिन् आफ्ना सत्र पुस्तालाई माटोमा पुरुन्जेल आ“टो त के त्यसको साटो जवाहरातकै भुजा ज्यूनार गर्न पनि पुग्ने रहेछ । पोइसोको यो जगजगी देख्ता आफूलाई त आफ्नै डँडाल्नामा लात्तले हान्नुजस्तो भैरा छ । बेलामा बुद्धिको बिर्को नखुल्नाले पोइसो बेगरको जिन्दगी बिनसित्तिमा घिसार्दैछु र स“गस“गै श्रीमती छोराछोरीलाई पनि अभाव र दुर्गतीका ढुङ्गाले छापेको ग्राभेल रोडमा दर्फ¥याउ“दै दगुराइरहेछु ।

बेलामा बुद्धि ब“गारो पलाइद्या भे जाबो एउटी पत्नीको मात्र पति भएर गति न गरासको यस्तो जिन्दगी हुन्थ्यो र ! भइने रैछ नि अरबपति । अरबपति नै नभए पनि यसरी रोडपति भएर न्यूरोड दाया“बाया“ गगनचुम्बी घरका धुरीतिर घुरीघुरी हेर्दै हि“ड्नुको सट्टा कोटमा करोडपतिको पट्टा भिरेर जट्टाको जुरो बा“धेकी जुरेली जस्ती जोईलाई पजेरोमा सजाएर हि“डिन्थ्यो । रैछ के रे ! लौ भैगो, करोडपति भइएन रैछ, त्यसभन्दा तलको लखपति पनि त सानो कुरा त होइनथ्यो नि गा“ठे हो ! त्यति पनि हुन सकिएन त, ए मेरी अम्मोई !!

सुद्धिले समयमै साथ दिएको भए यसरी सयपति भएर सडकसडकमा सुराल सुर्कि“दै र सि“गान तान्दै औतारीजस्तो भौ“तारिनु पर्ने त थिएन रैछ । बेला“ बुद्धिको बिर्को खुलिदिएको भए यसरी मसी सकीसकी, घु“डा धसीधसी घरिघरि तीन र तेह्रका तर्कना गर्नुको सट्टा बसीबसी खसीका खुट्टाको सुप पिएर निजी घरको वास्नादार बैठक कोठामा ढ्याउउउउअ डकार्न पाइने रैछ । लौ हेर, आफ्नो यस्तो शुद्ध र प्रदूषणरहित डकार पनि यो गन्धे डेरामा डल्लो परिरहेछ । कोठामा बबुरो मुसो पनि खान नपाएर भोकभोकै मरिरहेछ ।

आ.... बजार जा“दा खल्तीमा एउटा हजारको नोट पनि नहुने नाथेले के लाखलाखका सपना देख्नु, बरु तपाइँको बुद्धि पो बेत बसिसकेको छैन कि † तपाइँको बर्कतको सिल टुटिसकेको छैन कि † दिलमा पोइसो कमाउने इच्छा अझै बा“की छ कि † उसो भए होसपूर्वक मेरो कुरा सुन्नुहोस् । पछि मलाई दोष लाउन पाइन्न, म पोइसो कमाउने काइदाका बारेमा बकाइदा प्रवचन दिन लागिरहेको छु † खासगरी विद्यार्थी तथा युवावर्ग हो, ध्यान दिएर सुन्नुहोस् ।

लौ भन्नुहोस्, तपाइँलाई के पति हुन मन छ ? उही म जस्तै गति न पतिकी सती सावित्री मात्र एउटी श्रीमतीको नामर्द पति भएर नैतिकता र प्रतिष्ठाको गुह्ये पोखरीमा ग“ड्यौलाजस्तो गु“डुल्किएर बस्न मन छ कि करोडपति, अरबपति भएर मस्ती मार्ने मन छ ?

तपाइँलाई मात्र हजारपति भएर घा“टीमा पेटी बा“धेको केजाति जस्तो भएर सडक पेटीमा शहरिया केटीहरूको हास्यपात्र भएर हल्लिरहनु छ भने आजैदेखि पले“टी कसेर पढ्न थालिहाल्नुहोस् । बाउआमाको आज्ञाकारी छोरो भएर हजारथरिका महत्वाकाङ्क्षा छाडेर मात्र खरदार, सुब्बा वा मुखिया बहिदार वा मास्टरसम्म हुने सपना बोकेर कस्सिनुहोस् । त्यति भए महिनामा २–४ हजार हात परिहाल्छ, अनि जुनीभरि एउटा ऊनीको सुइटरसम्म लाउन नसकी कि त छोर्छाेरीको सराप पिउ“दै कि त लोकल खोयाबिर्के शराव पिउ“दै अन्तमा वाक्ल्याक्क परेको मुख बाएर यो धर्तीलाई हलुको पार्नुहोस् । मरेपछि सन्तानहरूले पिण्ड चढाउ“दा पनि बासीभातमा दूधजस्तो कुनै झोल हालेर लटपट पारेर चढाउनेछन् । त्यस्तो पदार्थ भाग लगाउ“दा माथि यमराजले पनि लात्तले हानेर तपाई“लाई नर्क पठाउनेछन्, त्यहा“को वातावरण पनि तलकै जस्तो हुने हु“दा तपाई“लाई बा“च्न सहज हुनेछ ।

लखपति हुनु छ कि तपाई“लाई ? बाटो उस्तै उस्तै हो । तर यसका लागि खरदार सुब्बामा अल्झिनेगरी तयारी गरेर पुग्दैन । लखपति हुनलाई लख काट्ने क्षमता हुनुपर्छ । परीक्षामा सोधिने सम्भाव्य प्रश्नहरूको लख काट्ने, बढुवा हुनुछ भने सम्भाव्य प्रतिश्पर्धीका कमजोरीको लख काट्ने, कापी जा“चकीको लख काट्ने आदि गर्नुपर्ने हुन्छ । लखपति हुनलाई हाकिम्नीलाई लाखबत्ती बाल्न सघाएर भए पनि स्टोर, लेखा, कर, मालपोत, भन्सार, अदालत आदिमा पदस्थापना, सरुवा गराउन सक्नुपर्छ । जे होस् लखपति मात्र हुनलाई पाप गरिहाल्नु पर्दैन, धाप भए पुग्छ । माथि जा“दा पनि एस्सो एक क्वाटर स्याउको तेल लगेर यमराजका पाउमा दलेमा स्वर्गकै टिकट नभेट्टाइएला भन्न सकिन्न ।

यदि तपाइँस“ग नेता हुने विशेषता छैनन् तर कम्तिमा करोडपति त हुनै पर्छ भन्ने मान्यता छ र कुनै हुकुम प्रमाङ्गी प्राप्त गर्ने उपाय पनि छैन भने पढन् त पढ्नैपर्छ । तर सानोतिनो पोष्टमा टोस्ट खाएर बस्न थाल्नुहुन्न । तपाइँले बोक्ने गरेको तेल र मन्त्रीज्यू, नेताज्यूको खुट्टाको मेल ठ्याक्कै मिल्यो भने जिएम, अध्यक्ष, महानिर्देशक इत्यादि तहमा बसेर लहलह हरिया नोट भित्र्याउने अवसर प्राप्त हुनेछ । त्यहा“ पुग्दैमा करोडपति भइहाल्ने होइन नि फेरि † त्यसका लागि सो पोष्टमा पुगेपछि तपाइँले पहिला आफ्नै एक्सरे गरिहेर्नु पर्छ । कतै आफूभित्र कुनै नैतिकता, सैतिकता, सिद्धान्त, लाज, शरम जस्ता कुनै पदार्थ बा“की छन् कि † यदि केही बा“की रहेछन् भने ती सबै टक्टक्याएर झिकेर ट्वाइलेटमा हाल्नुपर्छ । त्यसपछि सोही ट्वाइलेटको पानी आचमन गरी शुद्ध भई जताजता पैसाको बिटो छ त्यतैत्यतै मुख बाएर हि“ड्नुपर्छ । करोडपति हुन कुनै बेर लाग्ने छैन ।

अरवपति खरवपति अर्थात् इच्छा लागे अनुसारको पति हुन इच्छा हु“दा पनि काइदा उस्तै उस्तै हो । यसका लागि शैक्षिक योग्यताको कुनै दरकार पर्दैन । बरु जस्तासुकै मापदण्ड पूरा गरेर भए पनि सरकारमा पुग्नुपर्छ । नैतिकताको कुरा र शुद्दीकरणको प्रकृया करोडपति हुने प्रकृया अनुरुपकै पछ्याउनुपर्ने हुन्छ । आफ्ना पुतलाहरू डढ्न दिने क्षमता राख्नुपर्छ । बेलाबेला ढुङ्गामुढा खानुपर्छ । पत्रपत्रिकामा भ्रष्टाचारीमा नाम बारम्बार आइरहनुपर्छ । आफूलाई मूर्दावाद भन्दा मुसुुमुसु हा“स्न सक्ने हुनुपर्छ । जल, ढल, मल, माटो, काट्टो, तेल, पेट्रोल पसिनादेखि वायुयान र परिआए मान्छेकै ज्यान पनि सेवन गर्न सक्ने क्षमता हुनुपर्छ । आफ्नो शब्दकोषमा डर, लाज, घिन, अपमान जस्ता शब्दहरू हुनुहु“दैन । पोइसो भनेपछि देश त के आफ्नै सन्तान बेच्न पनि तयार भएपछि लौ नभैयोस् त करोडपति †

लौ पोइसो कमाउने केही काइदाहरू मैले बताए“ । मैले त सकिन, तपाइँले किन छाड्ने † लाग्ने होइन त पोइसो कमाउन ?

सिनामङ्गल, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।