18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत इन्दिरा खतिवडा "प्रयास" January 25, 2011, 8:24 pm

हराउँछ कि जीवन कतै, भुल्दै बिरानीमा

डराउँछ कि जीवन कतै, रुँदै सिरानीमा

सजिएका सपनाहरु, कतै टुट्ने हो कि?

हिड्दा हिड्दै यात्राहरु, कतै छुट्ने हो कि?

तरङ्गको हुरी चल्दा, पुगें सम्झनीमा

डराउँछ कि जीवन कतै, रुँदै सिरानीमा

चाहनाको खोजी गर्दा, भेटिने पो हो कि?

फर्किएर जाने बाटो, मेटिने पो हो कि?

तागत जती सबै सक्यो, जले खरानीमा

डराउँछ कि जीवन कतै, रुँदै सिरानीमा

हाल: इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।