18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सुदिना January 24, 2011, 6:24 pm

किन हाम्रो सम्बन्धलाई दुनियाँको चासो बनाउँछौ

तमासा हेर्न खोजिरहेका रमितेहरुको हाँसो बनाउँछौ

तिम्रो मन पवित्र होला तर हेर समाज धेरै पापी छ

कुरा काट्न खोज्नेहरुलाई केबल एक शब्द काफी छ

किन तिम्रा बाणीहरुलाई मेरो स्वतन्त्रताको पासो बनाउँछौ

तमासा हेर्न खोजिरहेका रमितेहरुको हाँसो बनाउँछौ

हरेक कुराको समय हुन्छ बेमौसमको फल मीठो हुदैन

ठट्टा कहिले रमाइलै हुन्छ तर हरेक पल निको हुदैन

किन मेरो समय यो कसैको बन्धकी र नासो बनाउँछौ

तमासा हेर्न खोजिरहेका रमितेहरुको हाँसो बनाउँछौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।