18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिनोद खड्का January 24, 2011, 6:16 pm

त्यो फक्रदो योवन, लिए तिमीसंगै

त्यो यात्रामा सधै, थिएँ तिमीसंगै ।

बत्तासिदा अनवरत झोकाहरुमा

छोडिन यात्रा मैले, जिएँ तिमीसंगै ॥

बेरिदा ती अविरल छालहरुमा

बगरभरी जहर, पिएँ तिमीसंगै ॥।

भन्छन मान्छेहरु प्रेम अन्धो हुन्छ

बाँकी मेरो जीवन, दिएँ तिमीसंगै ॥।।

गन्तव्यमा खोई एक्लै कसरी म

केवल कल्पनामा, भएँ तिमीसंगै ॥।॥

दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।