18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत रोहन चर्मकार समिप January 20, 2011, 8:05 pm

सँगालेर आँशुहरु अन्जुलिमा भरिरँहे

अन्तिम साससम्म पनि तिमीलाई माया गरिरँहे ।

सम्झनामा बिरहमा तिमीलाई देख्छु बिरानीमा

आँखाहरु रसाइरह्न्छ तिम्रो तस्बिर सिरानीमा

देखाएर सपनाहरु भत्काउन गार्हो भयो

फाटेको यो जिन्दगानी काट्नलाइ सार्हो भयो

डोली चढि रम्दै गयौ पराइको साथ लागि

सिउदो तिम्रो रङ्गिएको हेरी सधैं मरिरँहे ।

कहिले देख्छु जून फूल्दा कहिले खोली तालहरुमा

बगी गयो मेरो माया समुद्रको छालहरुमा

हेलिएर गयौ पर छितिज चुम्ने शहरमा

पलै पिच्छे मर्न थाले अँगालेर जहरमा ।

तिमीलाई लाग्दा मलाई दुख्छ तिमी सधैं खुशी हुनु

उजाड भयो मेरो जिबन तिमीलाई फूल छरिरँहे ।

संखुवासभा ११

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।