18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलराम उपाध्याय January 19, 2011, 7:53 pm

सपना सबै टुटेरै गयो

लाएको माया छुटेरै गयो

सम्हाल्दै थिएँ आफ्नै हो भनी

दुनियाँ बैरी लुटेरै गयो

न टार्न सकेँ न बार्न सकेँ

मनको डिल फुटेरै गयो

सकिन रोक्न आँशुको मुल

सम्झना नाथे चुटेरै गयो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।