18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीपक जडित January 17, 2011, 8:28 pm

केहि खास भएन जिन्दगीमा ।

कुनै आस भएन जिन्दगीमा ।

आयू गयो पचेर यूगसंगै,

अवकाश भएन जिन्दगीमा ।

मौसम आयो फूल,भवँराको,

मधुमास भएन जिन्दगीमा ।

एकैबाजी पिउँ भर्जन्मलाई,

त्यस्तो प्यास भएन जिन्दगीमा ।

चल्यो मनमौजी 'दीपक' सदा,

अहँ त्रास भएन जिन्दगीमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।