18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेम प्रतिक्षा

कथा निरा शर्मा January 15, 2011, 10:45 pm

"............... सधै भन्ने गरेको पुरानै कुरो आज पनि दोहोर्यायो र भन्यो....... तिमि मेरी हौ मात्र मेरी,मेरा सुखमा दु:खमा हरपल हर क्षण तिमि म संगै,म भित्रै हुन्छेउ ...... ।" झण्डै पाच बर्ष लामो समय पछिको भेटमा उसले आफ्नो मन भित्र गुम्सिएको उकुसमुकुस र प्रेमको बेदनालाई एकै सासमा पोखी र फेरि चुप भइ । पुनः केहि बेर पछि उसको बोलि फुट्यो "............

तनको दुरी जती नै टाढा भए पनि आत्मीयता जोडिएको मेरो मनले उसको ब्यस्ततालाइ महसूस नगरेको होइन । भोकाहरुलाई खुवाउन पुग्छ, बिरामिलाई ओखती मुलो गर्न भ्याउछ हर दिन समाज सेवाको भाबमा चुर्लुम्म डुबिरहेको हुन्छ तर मेरा लागि उसग समय नै छैन । बाहिर संसारले उसको स्पर्ष पाउछन्, सेबा पाउछन तर उभित्र बसेको 'म' न उसको स्पर्ष पाउछु न यो हाम्रो संबन्धको नाम नै .........।"

मैले अश्लेषाको कुरो बुझे उ अहिले अशान्त छे, उसका बिबेक र मस्तिस्कले सहि काम गरि रहेका छैनन् । मन न हो कहिले काहि अधिर भइदिन्छ, अबुझ बनिदिन्छ। झन एक्लो पनमा त बिथोलिन बेरै लाग्दैन । यि सम्पन्नता भित्र पनि नमेटिने भोक'का छटपटीहरु हुन । यि भोगाइहरु 'भित्र' आफुले बहन गर्नु र बाहिर अरुले बुझिदिनुमा आकास जमिनको फरक हुन्छ । देख्नेले बुझ्दैन्, बुझ्नेले देख्दैनन् ।

अश्लेषा, मेरि बाल सखी रोहोणी कि बाहिनी, मलाइ उ आफ्नै दिदी जत्तिकै माया र स्नेह गर्छे र मलाइ पनि उसग जन्मजन्मान्तरको कुनै नाता भएझै प्यारो लाग्छ । यिनै अपनत्वको कारणले होला अश्लेषा मसित असाध्यै खुला छे र आफ्ना सबै कुराहरु 'सेयर' गर्छे, लाग्छ म उसको मनको कुरा बुझ्ने एक मात्र अभिभाबक हुँ।

केहि बेरको मौनता पछि मैले उसलाई कुराकानि को बाताबरण अझै सहज बनाइदिने बिचारले सोधे "के डिप्रेसिङ कुरा गरेकि? तिमीहरु बीचमा कुनै कुरा मिस‍‍-अन्डरस्ट्यान्डिङ थियो र? हुन सक्छ निरज कुनै तनाबमा थियो होला । त्यसैले उसको भनाइ तिमिले अर्कै अर्थमा बुझ्यौ होला । फेरि संझाउदै भने ल भयो छाडिदेउ यि सब कुरा समय आए पछि सबै ठीक हुन्छ। अनि फेरी तिम्रा यी कुराहरु सुनेपछि त मलाइ त्यस्तो खासै कुनै समस्या भए जस्तो त लागेन । ल आउ अब रमाइला कुरा गरौ ।

होइन मानु'दि हामी बीच त्यस्तो खासै समस्या र बुझाइ प्रतिको असमझदारि पनि होइन र त्यस्तो केहि भए जस्तो पनि लाग्दैन । तर दिदी म पनि त औषत मान्छे हुँ नि । उसले भन्यो भन्दैमा कसरी ईश्वरीय स्वभाब आउछ म भित्र? के यि दैबि गुणहरु मानिस आफैले बनाएर बन्ने हो र? आफैमा डर लाग्छ कतै उसले सोचेको उचो भुमिका निर्बाहमा म योग्य साबित हुन सकिन भने? निरजले त भन्छ नि "यो दुनियामा मलाई बुझ्ने तिमी मात्र हौ, तिमी त देवी हौ, धर्मात्मा हौ ।" तर के म सधै यसरि नै कल्पनाको संसारमा हराएर, केबल आदर्शका कुरारुमा बहकिएर उसको सामिप्यता नखोजी एक्लिएर बस्न सक्छु र? कल गर्छु उठाउदैन, कहिले काहि उठाइहाले पनि ब्यस्त छु भन्छ पछि कल गरौला भनेर काटि दिन्छ । इमेल लेख्यो ४ लाइन आदर्श र औपचारिकताका शब्दहरु भन्दा बढ़ी कहिल्यै लेख्दैन, अनि? हो, म मान्दछु ऊ औषत केटाहरु भन्दा भिन्न छ| स्वभाबमा, सोचमा र ब्यबहारमा धेरै सज्जन छ भन्ने मलाइ थाहा छ। ऊ कम बोल्ने गंभिर स्वभाबको पनि छ । यिनै कारण मैले उसलाइ मन पराए र पराउछु पनि । तर हामी यथार्थ देखि टाढिएर पनि त यो समाजमा अटाउन सक्दैनौ नि ।

फेरि गुनासो निरासा र छटपटीमा बोलि ‘अब त मलाइ यस्तो लाग्न थालेको छ कि ‘म भोकले छटपटाएको छु तर खानेकुरा बोकेर उ अर्को तिर कुद्छ र भन्छ तिमी त मेरै मान्छे हौ नि एकछिन पर्खिन सक्छौ । म बिरामी भएर सिथिल भएको हुन्छु उ मलम पट्टीबोकेर अरु तिरै दौडिदिन्छ र भन्छ तिमी त मेरै हौ नि तिमीलाई केहि हुदैन । उसका यस्ता कुरा सुनेर म उसलाइ भन्ने गर्थे " डर एउटै कुराको छ कतै तिमि मेरा लागि मरे पछिको औषधी जस्तो नहोस" ऊ सजिलै मुस्कुराएर आत्मबिश्वासका साथ भनिदिन्थ्यो “पीर नमान मेरो प्रेमसंग

मृत्यु पनि डराउछ, र यो सत्य हो ।” अगाडि ऊ भाबुक हुदै भन्थ्यो मेरो अबस्था र बाध्यतालाई बुझिदेउन प्लिज। उसका ति भाबनाहरु प्रति म झर्केर भन्ने गर्थे ‘तिमिले नभनेको कुरा मैले कसरी बुझ्नु? नभनेको कुरा बुझ्ने र लुकेको कुरा देख्न सक्ने अन्तरयामि त होइन नि म! कि हो मानु’दि? ‘उसको लागि म ईश्वरीय शक्ती हुँ रे त्यसैले म अन्तरयामि पनि हुन सक्नु पर्छ रे’ हाम्रा यस्ता कुराकानि हुन्थे अर्थ न बर्थका, बिना टुङ्गोका । अब भन्नुस दिदी म के गरुं?

मैले अश्लेषाको शब्दमा, स्वरमा र अनुहारमा छरिएका भाबनाहरुमा निरज प्रति उसले सजाएकि अगाध प्रेम र समर्पण पाए । उसले अनुभुत गर्न नसकेकि निरजको सामिप्यता र मायालु स्पर्षको निमित्त उ अत्यन्तै आतुर छ, बिह्वल छ र निरजको बर्तमान कृयाकलाप देखी अत्यन्तै निरास छ । उसको चिन्ता भुसको आगो झै भित्र भित्रै डरलाग्दो गरि सल्कि रहेको मैले सजिलै महसूस गरें। यो क्षण अश्लेषा आफ्ना अतीत र बर्तमान देखि निकै बिमुख भएर अनिश्चित भबिश्यको चिन्ताले थिचिएको आभाष भयो मलाइ । बिगतका यादहरुले निथ्रुक्क भिजेकि उसलाइ सुनिदिने, बुझिदिने, ढाडस दिनेर सहयोगिको पहल गरिदिने पात्रको सख्त जरुरत थियो । त्यसैले तत्काल मैले नै यसमा केहि गर्ने निधो गरे।

“......... म चाहन्छु दिदी उ मलाई सारा संसार देखि अलग भएर एकै छिनका लागि भएपनि सिर्फ मेरा लागि स्पेशल टाइम छुट्याओस, नितान्त मेरै लागी बरु हप्तामा एकदिन नै किन नहोस ताकि अब मेरो मान्छेसंग कुरा गर्न यति दिन बाकी छ बनेर मेरा पर्खाइलाइ छोट्याउन सकुँ, र ति प्रतिक्षाका घडिहरु रमाइला कल्पनामा काट्न सकूँ । बिचरी ऊ अलिक भाबुक हुदै थिइ। यो क्षणमा उसलाई सम्झाउन मलाइ शब्द अभाब भए झै लाग्दैथ्यो ।

लामो सुस्केरा हालेर निरबता भंग गर्दै ऊसले फेरी बेदनाहरु पोख्दै गइ र भनि हेर्नुस न मानु'दि उसले सधै मलाइ फुरुङ्ग पार्दै भन्ने गर्छ तिमी मेरी ऊर्जा हौ र मेरा अटल लक्ष पनि। सदैब, मेरा हर अभियानहरुमा म्रो भुमिका दियोको तेल जस्तै हुनुपर्छ त्यसैले तिमी बिचलित हुने इन, मलाई मेरा लक्षहरुको शिखरमा सफलताको झंण्डा गाढ़न तिम्रो अटुट

आत्मीय साथ र भरोसा चाहिन्छ, प्रेरणा र हौसला चाहिन्छ। म मेरा सपनाहरुलाइ यथार्थमा बदल्न तिम्रै ऊर्जाहरुको बलमा हर रोज लडाई लडिरहेछु । तर दी उसले यसो भन्दा मलाई लाग्छ कतै म बत्ती मुनिको अंधेरो त भएको छैन? त्य केहो, यथार्थ केहो मैले बुझ्न सकिरहेको छैन। अचानो को चोट, खुकुरिले संम्झन्थ्यो र दिदि?

लामो समय पर्खिदा पनि रोहिणिलाइ भेट हुन नसके पछि मैले बाध्यताबस दा हुने बिचारले भने अश्लेषा म अहिले जान्छु, फर्किनु अघि तिमी संग रि कुरा गरौला फेरि रोहिणिलाइ पनि त भेट्नै छ, अहिले जान्छु नि है? मिसंग बिदा हुन पाए हुन्थ्यो। उसले त्यहिबाट चिच्याइ ‘ममि मानबी दिदी ने रे, हजुर कता हो?’ म टकटकिएर उठे र ममिलाई नमस्कार गर्दै अमेरिका

फर्किनु पूर्ब भेट्ने बाचा गर्दै बिदा मागे। अश्लेषाले गम्लङ्ग अगालो लि, उसका आखाहरु द्रबिभुत थिए, स्वास फुलिरहेको थियो, चेहराको रंग डेको थियो । अगालोबाट अलग हुन खोजिरहेकी थिइन । स्थितिलाइ सम्हाल्दै ले भने ‘हेर धैर्य गर्नु पर्छ समय भन्दा अघि र भाग्य भन्दा धेरै कसैलाइकेहि पनि मिल्दैन, सबै कुरा ठीक हुन्छ। म तिम्रो साथ छु, तिमी धन्दा नमान।

हिड्नु अघि अश्लेषाको अनुहारमा हेरे साउन र भदौ बनेका उसका आखाहरुमा निरज प्रतिको अटल बिश्वास र अगाध प्रेम छचल्किएको स्पष्ट देखिन्थ्यो । अश्लेषाले बताए अनुसार म बाल्टिमोर, मेरिल्याण्डको नेपालि समुदायको कार्यक्रमहरुमा बिशेष चाख राख्न थाले। नजानिदो र चुपचाप तरिकाले मैले निरजलाई खोजि गरिरहे र भेट्टाइ छाडे। बाल्टिमोरको नेप्लिज अमेरिकन

एसोसिएसन भेलामा मैले निरजलाइ भेट्ने मौका पाएँ। उ नेपाली-अमेरिकन नभइसकेता पनि उक्त सम्मेलनमा एउटा सानो सोसल-इभेन्ट अर्गनाइज गर्दै थि- दुर्गम नेपाली बिध्यालयका लागि जस्ता पाताको छाना लगाउन फण्ड रेजिङ। यो देखेर मलाइ निरज प्रतिको श्रद्धा अझ बढन गयो । आफ्नो परिचय पछि मैले उसैको मुखबाट त्यस परियोजनाको उद्देश्य र कृयाकलापहरु बारे जानकारि लिए । अनि त्यस अभियानको सार्थक उपादेयताको कदर स्वरुप आफ्नो सक्दो सहयोगको प्रतिबध्ता जनाए । उ निकै खुशी भयो । यसै माध्यम बाट म निरजसंग नजिकिदै

उसका गतिबिधी अध्ययन गरिरहे । साथै अश्लेषालाइ उसको प्रेम र बिश्वासको धरोहरबारे अबगत गराउदै रहे । अश्लेषाले ब्यक्त गरेकि आभार र उसमा आएको सकारात्मक बैचारिक परिबर्तन मैले फोन र संचार सम्पर्कमा सहजै अनुमान गर्नथालेकि थिeeयस्तै एउटा कार्यक्रम मिलाएर मैले निरजलाई घरमा बोलाए अनि उसको ‘फण्ड रेजिङ’ कार्यक्रममा सघाउन रिजउड न्युयोर्क (Ridge-wood NY) नेपालि समुदायको पिकनिकको बेला निरजको प्रोजेक्टको प्रेजेन्टेशन गर्ने र सहयोग माग्ने कुरा तय गरे बास्तबमा मैले निरजलाइ निकै मेहनती, सहयोगि र खुला ब्यक्तित्व भएको पाए र अश्लेषाको रोजाई र भबिश्यका आगामी दिनहरु गलत नहुने ठहर गरे । ‘फण्ड रेजिङ’ प्रेजेन्टेशनमा निरजको कार्यक्रम,प्रस्तुती र ब्यक्तित्वका कारण उ आफ्नो अभियानमा शत प्रतिशत सफल रह्यो । एक खालको मानबीय सहयोग र नेपालिले नेपालको लागि गर्ने भाबनात्मक योगदानको मौकाको निमित्त नेपालि समुदायले निरजको प्रयासलाई दिल खोलेर प्रशसा गरेको देख्दा मेरो मन भरिएर आयो। म खुशिले अवाक थिए, तर यो खुशी कसै संग बाडेर दोब्बर बनाउन सक्ने अबस्थामा पनि थिइन ।

पिकनिक पश्चात निरजलाई साझ यतै बस्न अनुरोध गरे उसले सजिलै स्वीकृती जनायो । अब मैले मेरो दोश्रो काम फत्य गर्नु थियो ‍- अश्लेषा र उसको सम्बन्ध र भाबी योजना बारे जानकारि लिने । यतिन्जेल म आफुले सोचे अनुरुपका कामहरु सफल हुदै आएकोमा आगामि दिनहरुमा पनि सफलता पाउने छु भन्ने कुरामा बिश्वस्त थिए । एकदम शिष्ट बचन, सरल र सजिलो, हासि रहने, फरासिलो, सामाजिक कुराहरुमा गहिरो चाख राख्ने र गाउले नेपालिहरुको शिक्षाको सुधार र बिकासमा केहि गरौ भन्ने भाबना भएको निरजको कुरा सुनेर मलाइ पनि उसै संग मिलेर समाजसेबा र मानबीय सहयोगका काममा चाख लाग्न थाल्यो ।

मेरो काम साझ मात्र थियो|पतिदेब बिहानै काममा गए पछि म र निरज धेरै बेर नेपाल, घर, परिबार, अमेरिका बसाइ, काम र भाबि योजना आदि बिषयहरुमा कुरा गरि बस्यौ । कुरै कुरामा मैले उसको बिबाह र प्रेम प्रसंग आदि बारे पनि कुरा कोट्याए । पहिले त उसले कसैलाइ मनपराएको कुरा मात्र गर्यो पुरा कुरा खोलेन । तर मैले आफ्नो बारेमा केहि बताएपछि उ अलिक खुलेर भन्दै गयोः

दिदी खोई के भनुँ? निरजले अकमकाएको लबजमा कुरा राख्यो । म केयु बाट बिबिएस सकेपछि युनिभर्सिटी अफ मेरिल्याण्डमा एमबिए पढन आएको । एमबिए गरे

पछि अहिले फाइनान्समा मास्टर्स पनि सकाए । यो समय कसरि बित्यो पत्तै भएन। असाध्य बिजि भएर बित्यो – बिहान काटेको दारि रात धर फर्कदा फेरी काट्ने बेला भइसक्थ्यो । धेरै के भनु, तपाईलाई थाहै छ यहाको लाइफ् । यता उतालाई समय त पटक्क दिनै सकिन । यति सम्म कि घरमा र साथि हरुलाइ फोन गर्ने समयसम्म पनि मिलाउन गार्हो थियो । बुबा आमाको एक्लो सन्तान म चाहेरपनि उहाहरुलाई समय दिन सक्दैन थिए । तर अहिले चाही चालिस धण्टामात्र काम गर्ने भएकोले अलिक सजिलो भएको छ र प्राय म भिपिएन थ्रु घरैबाट काम गर्छु । काम सजिलै छ । अब त एच१ भिषा पनि आउनु पर्ने हो ।

मलाइ निरज प्रतिको उत्सुकता बढदै गयो र नसोधि रहन साकिन । अब के छ त योजना – यतै बस्ने बिचार छ कि नेपाल फर्किने ? उसले अनिश्चयको भाबमा टोलाएर भन्यो – मेरो गर्लफ्रेण्ड र आमा बुवा काठमाण्डौमै हुनुहुन्छ, मेरो मन त उतै छ नि दिदी देखाउन पो नमिल्ने । उसले पनि केयुबाट फाइनान्समा मास्टर्स सक्दै छ। यता या उता बस्ने कुराको निधो उसंग छलफल गरेर मात्र लिन्छु। शायद आउदो दशैमा त म नेपाल जान्छु नै होला। मेरो यो सब ताकत र प्रेरणाको श्रोत उहि हो, म आज जति जे छु त्यो सबै कुराको श्रेय मैले उसलाई नै दिनु पर्छ । उसको भरोसा र आत्मबिश्वासले नै मलाइ उभिन सघाएको छ । उसका हरेक आत्मबोधका दर्शनहरु, आग्रह र प्रेरणाका बचनहरु मेरो नशा नशामा ऊर्जा बनेर संचार भई रहेछ। त्यो कसैले बोलेको कुरा सत्य रहेछ – सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । तर मैले यि सब कुरा उसलाइ भन्न सकेको छैन । ठुलोकुरा बिश्वास हो, मलाई मेरो प्रेममा पुरा बिश्वास छ म यता आएपछि उसित औपचारिक भन्दा बढि कुरा भएकै छैन र फेरि म भन्नमा भन्दा गर्नमा बिश्वास गर्छु । मैले आफ्नो ग्र्याजुएशन सेरोमोनिमा कसैलाइ पनि बोलाउन नपाएको चाहि निकै खल्लो लागि रहेछ। उसले सधै समय नदिएको गुनासो गरेकि हुन्छे के गर्नु नचाहेर पनि त होइन नि। शायद हाम्रो पहिलो भेटमा अलिक रुन्चे आधिबेरी आउछ कि उसले अलि ठट्टा पारामा मुस्कुराउदै भन्यो । निरजले घडि हेर्दै कुरा गर्दै गरेको देखेर मैले कुराबुझे र ब्रेकफस्ट तयार पारे ।

बिदाइ अघि निरज सामु आग्रह गरे जे होस अब उप्रान्त तिमीहरुले चाहेको समयमा यहा आउन र रमाइलो गर्न स्वागत छ, मात्र एक कल फोन गर है। उसले बिदाइको नमस्ते गर्दै स्वीकारोक्तिको टाउको हल्लाउदै भन्यो ‘पक्का हामी आउने छौ – मैले उसलाई स्वत्नत्रताकि प्रति मूर्ती लेडि लिबर्टी संगसाक्षातकार गराउनु पनि त छ नि।‘ निरजसंगको नया सम्बन्धले मेरा संकल्पका बोझ धेरै हलुका बनाइदियो । अश्लेषाको निरासा र चिन्ता केहि हद सम्म कम गर्न सफल भए झै लाग्दै थियो मलाइ उनिहरुको बिबाहको कुरा अघि बढाउन मैले रोहिणीसंग सल्लाह गरि हाल्ने निर्णयगरे । अश्लेषा र निरजसंगको बेग्ला बेग्लै ईमेल र च्याटबाट उनिहरुको सम्बन्ध र क्रियाकलापहरु बारे थाहा पाइरहेकि थिए र आफुलाइ यथास्थितिमा पर्दा पछाडि नै राख्न सफल पनि थिए।

निरज दशैको समय पारेर नेपाल गयो । बिजया दशमीको शुभ कामनाको साथ रोहिणी, अश्लेषा र निरजको इमेल करिब एकैसाथ प्राप्त भयो । अश्लेषा र निरजको बिबाह हुने समाचार थियो त्यहा अनि मेरा भुमिकाको निमित्त कृतज्ञता र आभार ले भरिएका मीठा शब्दहरु थिए। त्यो पढेर म द्रबिभुत भए। मैले आखा बन्द गरेर परमेश्वर प्रति नतमस्तक हुदै आभार प्रकट गरे र तुरुन्त नै इमेल लेखें "अटल आत्म-बिश्वासका कारण उर्बर प्रेमको जीत भएकोमा अश्लेषा र निरजलाइ बधाइ अनि सफल दाम्पत्य जीबनको शुभ-कामना - "प्रेम सधै सधै यस्तै उर्जाशील र उदाहरणीय बनोस !"

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।