18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल आशिष दुलाल January 13, 2011, 8:07 pm

पहिले मैले मलाई मर्न रोकें

पछि प्रेमले गलाइ मर्न रोकें

पासो आफै हिडेरै आउदै रैछ

गलपासो छलाइ मर्न रोकें

दुनिया किन यस्तो, कस्ले बनायो

जबर्जस्ति मैले भलाइ मर्न रोकें

बल्छ आगो यहाँ, यहाँ नेर ताप

छोप्न तिम्रो जाडो जलाइ मर्न रोकें

कति कोमल, निस्कपट ज्यानै लिने त्यो

व्यर्थै मैले तलाई मर्न रोकें

रेडियो मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।