पैसा जति कमाए नि अखिर काम त्यही त हो नि
ठुलो मान्छे भएं भन्छन अखिर नाम त्यही त हो नि
यो देश गए उ देश गए रमाउदै बिदेश गए
जुन देशमा गए जन्म्या अखिर गाम त्यही त हो नि
जहाँ बाट भए पनि हेर्ने मात्र भए पछि
फेरिदैन कसैलाई नि अखिर घाम त्यही त हो नि
धनि पिउलान गरिब पिउलान मात्र फरक ठाँउ होला
पिए पछि लाग्ने एउटै आखिर जाम त्यही त हो नि ।
बाँसबारी, काठमाण्डौं