विजयी भव: भन्यौ हारी सकेपछि।।
बाँच भन्यौ तिमीले नै मारी सकेपछि।।
केवल तिमी सम्झी भक्कानिंदै रुँदा,
भित्रै दबाउ आँशु भन्यौ झारी सकेपछि।।
सँगसँगै हिडुँ भने कसरी भेटुँ भन,
कयौं माइल पर पाइला सारी सकेपछि।।
जुनसुकै नशा छामुँ कतै ढुकढुक छैन,
तिमीले मुटु अन्तै सारी सकेपछि।।
तिमी त उल्लास छौ रे,म भने उदास छु,
मेरो जीवन तिमीले एक्लो पारी सकेपछि।।