मुटु दिए पस्नलाई सजिलो भो बस्नलाई
छिया छिया परी मुटु बिच छुरी घस्नलाई
निष्ठुरीको घात खाइ बालुवाको माछो सरी
छटपटाउदै लडी रा'छु घात बिस्यौ कसो गरी
भन्थ्यौ तिमी झट्ट आउ अंगालोमा कस्नलाई
भ्रमराको चाल रैछ रस चुसी छोडी दियौ
पबित्र छ हाम्रो नाता भन्थ्यौ फेरी तोडी दियौ
के कसुर थियो मेरो सजयाको भागी भए
बाँचेको छु या म मरे सधै भ्रममा परी रहे
नदेखे झै गर्छौ तिमी एकान्तमा भेट हुँदा
खुचिंग भनी रमाउछौ रे वियोगमा मैले रुँदा
कुन कुना बाँकी रह्यो नरोपेको तिमीले छुरी
कसो गरी हाँस्नु मैले कलेजोको घाउ पुरी
मन मुटु दिए तिमीलाई आँखाबाट खस्नलाई
लखनपुर ३ झापा, हाल: बहराइन