तिमीलाई देखी म त लौ आए हामफाली सानु
संकल्प गरीसकें बाँच्ने तिम्रै सिन्दर हाली सानु
तिम्रो सहयोग, तिम्रो विश्वास अनी त्यो साथ पाए
पर्वाह छैन दुनीयाँले जती गरोस् न गाली सानु
सुख–दुःख तिम्रो बाँड्छु साट अब मसंग सबै
मिलीजुली बाँचौं हामी छोडी समाजको ताली सानु
सुन्दर संसार रचौं हामी एउटा फुलवारी बनाऔं
म बन्छु फूल त्यहाको तिमी बन माली सानु
नाइँ टाढा जाँदै नजाउ म छोड्न सक्दिन अब
तिमीलाईनै सम्झिरहन्छ यो मनले खाली सानु
सधैं साथ खोज्छु तिम्रो नछोड बिन्ती दोबाटोमा
नत्र तिम्रो नाम जप्दै यो ‘सुदिना‘ मरीजाली सानु