18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल इन्दिरा खतिवडा "प्रयास" January 7, 2011, 9:36 pm

मन भरि ब्यथा भए पनि,हाँसीरा'छु,

बाध्यता यो जीवनको भन्दै बाँचीरा'छु

समयले दिने,चोट बोकी मन भरि,

बिदेसिको चकारीमा, सधैं नाचीरा'छु

कल्पनाको बागैचामा फूली ,मनका फूल

आशाका ति सपनाहरु,सधै साँचीरा'छु

सुवास नै छर्न गार्हो पुरै धर्ति भरि

भएपनि भबिष्यको माला,गाँसीरा'छु

संगाली त्यो मिलनको खुशी, नयनभरि

जसोतसो दिनगन्दै, औंला भाचिरा'छु

दमक-८ झापा, हाल- इजरायल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।