18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रामकुमार पण्डित क्षेत्री January 6, 2011, 7:51 pm

मन्द मुस्कान लिई आयौ नि कालू

मेरा यी नजरमा छायौ नि कालू !

शीतल छहारीको खोजीमा छँदा

हरियालीको गीत गायौ नि कालू !

आफ्नो हुन लायकको खोजी गर्दै

उकाली र ओराली धायौ नि कालू !

सुन्दर र असल छैन कि क्या हो ?

प्रेम त अरुसँग लायौ नि कालू !

यो राम छोडी, अरुलाई नै रोज्दा

"देउता खोज्दा ढुङ्गा" पायौ नि कालू !

सिमलटार, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।