शरीरभरीका निलडामहरु सहिदिन्थें म हाँसीहाँसी
मुटुभित्रै रेटिदियौ चहर्याउँछ सधैं आँसु खसी
छरिदिनुनै थियो त भने संगालेर उन्यौ किन ?
उधार्नुनै थियो त भने जतनसाथ बुन्यौ किन ?
सार्है ठुलो घात गर्यौ कोमल मन भित्रै पसी
मुटुभित्रै रेटिदियौ चहर्याउँछ सधैं आँसु खसी
हिंड्दै थिएँ आशा बोकी पुग्थें होला कहीँकतै
खोज्दै थिएँ गन्तब्यहरु भेट्थें होला कहीँकतै
अलपत्र पार्याै मलाई आज दोबाटोमा बसी
मुटुभित्रै रेटिदियौ चहर्याउँछ सधैं आँसु खसी
सबै छोडी बिश्वाश गरें घात गरिन कहिले
संगै हिडी काँडा पन्छाएँ साथ छोडीन कहिले
आखिर झक्याइ पोखिदियौ मेरो जीवन कोर्ने मसी
मुटुभित्रै रेटिदियौ चहर्याउँछ सधैं आँसु खसी