18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल डा.रुपक श्रेष्ठ December 30, 2010, 10:37 pm

हल्ला भो गाउँकै आसपासमा त्यो कान थुनिनौ

बैरीले बोल्यो नी साससासमा त्यो कान थुनिनौ

भन्याथें दिलकी रानी हौ त्यो पनि बुझिनौ

पराईलाई सुन्यौ नी खासखासमा त्यो कान थुनिनौ

आरिश हो हाम्रो मायामा भन्याथें सुनिनौ

पत्यायौ अरुलाई राशराशमा त्यो कान थुनिनौ

सम्झियो मुटु पग्लन्छ पग्लेर के गरुं खै

रुवायौ मलाई नै गासगासमा त्यो कान थुनिनौ

लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।