एक वारको जुनि भनी भनी कन मोज गरीयो
मोजै गर्नाको खातिर ब्यर्थै किन भोज गरीयो ?
विहे–व्रतवन्धमा त बाध्यताले भोज गरीयो गरीयो
त्यतिले ‘नि नपुगी वहाना झिकी झिकीकन रोज गरीयो ।
जव टुट्यो एक दिन नगद नारायणको साथ
अनि बल्ल चेत खोलिकन नगदको खोज गरीयो ।
उधारो माग्न आफ्नै साथी भाई कह‘ा जॉदा पनि
“कुकूर लाई मासु पैंचो” भनिकन गालि गलोज गरीयो ।
“छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी”
धन उडाई बेकारमा “बिने” किन मनमोज गरीयो ?
कुलेश्वर आवास, काठमाडौं