18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सुदिना December 28, 2010, 9:23 pm

मेरो मनको कोमल कुना अध्याँरो जेल भन्यौ रे

मायाको डोरीलाई पनि हतकडी र नेल भन्यौ रे

तिम्रा लागि कति चोटी आफैंलाई दु:ख दिए

आज मेरो अश्रुधारा काम नलाग्ने भेल भन्यौ रे

जे भन्यौ त्यही मानें बिश्वास गरें सतप्रतिशत

प्रतिफलमा आज म त नराम्ररी फेल भन्यौ रे

छटपटी हुन्छ भन्थ्यौ एकैदिन नभेट्दा मलाई

तर आज ती भेटहरु समय कटाउने खेल भन्यौ रे

तारीफ गर्दथ्यौ हर भेटमा भगवानले जुराएछ भनी

कुरा फे¥यौ आज हाम्रो जोडीनै बेमेल भन्यौ रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।