फूलजति टिपाएर पात नदेउ मलाई।।
विश्वाश गर्दा बारम्बार घात नदेउ मलाई।।
नपीएरै तिम्रो मुहार हरपल मदहोश छु,
बिष घोली गिलासमा मात नदेउ मलाई।।
पढछौ भने मेरो कथा घाउहरुको चांग छ,
अझै नयाँ चोटहरुको खात नदेउ मलाई।।
जिन्दगीको बस्तीमा जुनेली जून तिमी,
औंशीको हर अंन्धेरी रात नदेउ मलाई।।
माया र साथ खोज्दा पींडा पाउँछु भने-
हे दैव! मान्छेको जात नदेउ मलाई।।