18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल योगेन्द्र श्रेष्ठ December 25, 2010, 9:43 pm

सपनीमा मृत्युसंग बात गरेको देख्छु ।

नेपालीले नेपालीलाई घात गरेको देख्छु ।

स्वार्थी, लोभीपापीहरुको संसार रहेछ,

दिनको उज्यालोलाई नै रात गरेको देख्छु ।

केन्द्रतिर जे जे हुन्छ सबै राम्रो भन्छन्

गाउँमा त कुन्द्रे मुन्द्रेले मात गरेको देख्छु ।

मेरो मनको शान्तिलाई कहाँ खोजौ आज,

लुम्बिनीमा बुद्दलाई हात्-पात गरेको देख्छु ।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।