18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्याम घलान December 20, 2010, 7:31 pm

डुबिसकपछि पो घाम खोज्दै आयौ तिमी

बिर्सिसकेपछिको नाम खोज्दै आयौ तिमी

धेरै थिए सपनाहरु सजाइएका आँखा भरी

बितिसकेपछिको काम खोज्दै आयौ तिमी

लड्यौ कि त महाभारत एक्लै कम्मर कसी

जितिसकेपछि पो राम खोज्दै आयौ तिमी

धेरै फूल दोबाटोमा ओइली झरी सुके पछि

मेटिसकेपछिको डाम खोज्दै आयौ तिमी

खबरहरु उडेपछि आफ्नै सन्चो बिसन्चोको

च्यातिसकेपछिको खाम खोज्दै आयौ तिमी

सिन्धुली, मझुवा, हाल: दोहा, कतार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।