तिम्रो लागि नशाहरु छोड्न सक्छु म
तिम्रो लागि भग्नावशेष जोड्न सक्छु म
चैते हुरी मडारिएर स्वप्नहरु नउडाइदिए
आपसको बन्धनलाई तिमीले नछोडिदिए
समाजको संकुचितता तोड्न सक्छु म
तिम्रो लागि खुशीहरु जोड्न सक्छु म
जिन्दगीमा हरियाली बहार आइदिए
अतितका ति पलहरु फर्कि आइदिए
दु:खी जीवन सुखतिर मोड्न सक्छु म
टाडिएको मनको दुरी जोड्न सक्छु म
दमक, झापा