18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई December 17, 2010, 7:45 pm

कसरी जोडेला र फुटिसकेपछि।।

बदनाम गरी छाडेछौ लुटिसकेपछि।।

छातीभित्र ढुकढुक गर्ने छैन केही पनि,

किन खोज्छौ जिउँदो मुटु भुटिसकेपछि।।

जिन्दगीमा साथदिने धेरै पाउँछु भन्थ्यौ,

राम्रो हुन्न पहीलोसँग छुटिसकेपछि।।

के गर्नु एक्लो मन जताततै उध्रेको छ,

नआउ तर त्यसलाई खुटिसकेपछि।।

दु:खी हुँदा अंगालेर आँशु पुछी दिन्थ्यौ,

मर्नु भएँ तिनै हातले कुटिसकेपछि।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।