18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बलराम उपाध्याय December 9, 2010, 7:37 pm

धेरै माया गर्छु भनी ढाँट्नलाई सक्दिन म

जुन तारा झार्छु भनी आँट्नलाई सक्दिन म

एक मुठी सास फुस्स कतिखेर जान्छ यहाँ

जुनि भरी साथ-साथ काट्नलाई सक्दिन म

झुटो आश के देखाउँ ?सत्य थाहा हुँदा हुँदै

दुख्दा मुटु तिमीसँग साट्नलाई सक्दिन म

परेलिमा झरी बनी जब तिमी बर्सिदिन्छौ

खडेरिको बादल झैँ फाट्नलाई सक्दिन म

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।