18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल विनय राजोपाध्याय December 6, 2010, 8:31 pm

दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्ने

जीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने

सुखि हुन खुशी हुन , जति सुकै खोजे पनि

दुःख पीर वर्षे पछि , जसै तसै थाप्नु पर्ने

दुःख पीर लुकाउन , सुखि जस्तै देखाउन

भित्र आँशु झरे पनि , ओठमा हाँसो राख्नु पर्ने

छिया छिया भए पनि , छाती भित्रै पोले पनि

टुक्रा टुक्रा मुटुलाई , जसै तसै गाँस्नु पर्ने

जिन्दगीको मोडै मोडमा , सफलताको खोजै खोजमा

जानी जानी झुठो वोली , सवैलाई ढाँट्नु पर्ने

कस्तो जुनी मेरो यो , जिउनलाई नै गाह्रो भो

विवशता छ जताततै , आफ्नै हात बाँध्नु पर्ने

मेरो भन्ने जीवन पनि , मेरो आफ्नै होईन जस्तो

परिस्थितीले जता ठेल्यो , उतै उतै लाग्नु पर्ने

[email protected]

कुलेश्वर आवास क्षेत्र

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।