18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नीलबहादुर खड्का December 4, 2010, 6:56 pm

मायाले आँखा, तरे नि राम्रो !

रिसाउँदै ओरालो, झरे नि राम्रो !!

टाँसिन खोज्ने, चाहना मेरो !

लजाउँदै पर, सरे नि राम्रो !!

मिलाइ मौका, अंगालो हाल्दा !

झोक्किँदै गाली, गरे नि राम्रो !!

रुनलाई किन, चाहिन्छ निहूँ !

आँसुले गह, भरे नि राम्रो !!

फकाउन अनेक, प्रपन्च गर्दा !

मस्किँदै मुस्कान, छरे नि राम्रो !!

सधैं खुसी, पाइयोस् देख्न !

पीरजति मैलाई, परे नि राम्रो !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।