18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल नन्दलाल आचार्य December 3, 2010, 4:13 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

कलम सार्दै गए फल पाइँदो रहेछ

होसियार नभए छल पाइँदो रहेछ।

घोडा चढ्ने लड्छ भन्ने सोचेर होला

गन्दे कुरा बगाउने ढल पाइँदो रहेछ।

चम्किलो तारा हेर्दै उँभो उक्लिन खोजे

सोचेभन्दा सजिलै फल पाइँदो रहेछ ।

छाती चिरेर सीताराम देखाउनुपर्छ

हनुमान नभैकन बल पाइँदो रहेछ ।

समस्या जन्मे ठाउँमै मृत्यु पनि खोज्दा

भए जति सबैको हल पाइँदो रहेछ ।

तपेश्वरीः 1 उदयपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।