भएछ आज नाता पुरानो,
यादैमा आयो दाता पुरानो !!
बलेँसी माथी रुझेको बेला,
चुहिने छानो छाता पुरानो !!
के सुनचाँदी के हिरामोती,
तामाको ठेकी पाता पुरानो !!
मझेरी खोला के भेट होला,
मनोकामना माता पुरानो !!
खोपीमा थियो मायाको कथा ,
खोलेर हेरेँ गाता पुरानो !!
भएछ आज नाता पुरानो,
यादैमा आयो दाता पुरानो !!