भरियाको डोको सँग रुने को छ र ।
गरिवको पोको सँग रुने को छ र ।।
रामराज्य चल्ला बल हुने र धन हुनेको ।
निमुखा र भोको सँग रुने को छ र ।।
महल भित्र श्रमका कुरा धेरै होलान् ।
हत्केलाको फोको सँग रुने को र ।।
सुनको थालमा खाने सँग अघि पछि सबै ।।
टन्न खाने धोको सँग रुने को छ र ।।
नर्सिङहोममा नेता मर्दा आँसु झार्लान सवले।
औषधि नपाई रोको सँग रुने को छ र ।।
बैंश छँदा सयौं होलान् तर उमेर कटेपछि ।
दुनियाले छोको सँग रुने को छ र ।।
तनहुँ