18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई November 30, 2010, 6:42 pm

पहाडतिर धाक्रे दाइको नून बिकेन।।

रत्नपार्कमा बाटुलीको जून बिकेन।।

धनीको चाहीं सजिलै बोली नै बिक्छ,

जाकटीमा गरीबको त सुन बिकेन।।

अभाबग्रस्त मान्छे,मान्छेको शरण पर्दा,

किड्नी बिक्यो मान्छेको खून बिकेन।।

क्याबिन,डिस्को,रेष्टुरेण्टमा तातो बिक्यो यहाँ,

तर, हामीले बेच्न ल्या'को उन बिकेन।।

गतिहीन,अभाबग्रस्त, मान्छेहरुको भीडमा,

अमनचैन, भाइचारा र सुकुन बिकेन।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।