17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल November 30, 2010, 6:40 pm

औंलो दिँदा डुँडुल्लो निल्ने यो मान्छेको जात कस्तो

कुण्ठा पाली निसासिदै जल्ने हजुर मात कस्तो

टपरटुइयाँ यहाँ फुलेकाछ्न घमण्डले अहम् बोकी

थाहा छैन यिनीहरुलाई दिन अनि रात कस्तो

म नै ठुलो जान्ने बुझ्ने बलवान शक्तिसाली भनिकन

डुक्री हिड्छ साँढेका झै थाहा छैन घात कस्तो

रिस राग बोकी हिँड्छन जलिकन भित्र भित्रै आफै

नबुझ्नेलाई के भनौ खै आफन्तको हात कस्तो

लखनपुर ३ झापा, हाल: बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।