18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दीप दर्शन शाही November 28, 2010, 9:15 pm

जति पटक हारे पनि हार्नै मजा राजनीति ।

लाज पचाएर चुनाव सार्नै मजा राजनिती ।

नेताहरु छुट्टा छुट्टै भोटमै मरी हत्य गर्छन

दलहरु दलमै पानी बार्नै मजा राजनीति ।

प्रतिस्पर्धाले देश खोक्रो भई सक्यो अब

एकले अर्को जना पछार्नै मजा राजनीति ।

उनको लडाई कुर्सि र गगन चुम्वि महलको

सिधा ती जनतालाई मार्नै मजा राजनीति ।

जाजरकोट; हाल: मलेसिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।