केटा केटी आए खेले गए, मट्याङ्ग्रा मात्रै भो यहाँ सत्यानाश !
बहुदल आएर खुबै पाए ! मात्र प्रजातन्त्रै भो यहाँ सत्यानाश !!
पाउनेले कत्ति पाए पाए, बोक्रै समेत चपाउन भ्याए
मीठो आशा गरी बस्नेको, र्सवत्रै भो यहाँ सत्यानाश !!
कागलाई बेल पाक्यो हर्षन बिष्मात् हामी र्सवसाधारणलाई
बाठो कोईलीको सूरमा बाँदर नाच्दा, संयन्त्रै भो यहाँ सत्यानाश !!
"भाई फूटे गंवार लुटे" ख्वै ! यहाँ कसैले बुझे कि नबुझे
बुझेरै पनि कानमा तेल हाल्दा यत्रतत्रै भो यहाँ सत्यानाश !!
शान्तिको दियो वाली, विश्वभरी उज्यालो फैलाए गौतम बुद्धले
तर बत्ती मुनि अंध्यारो बनाएरै हो, हरक्षेत्रै भो यहाँ सत्यानाश !!
माटोलाई ढुङ्गाको भर, ढुङ्गालाई माटोको भर ! अनि पो बन्छ बलियो घर
ढुङ्गा र माटो एक जुट नभएरै हो ! हाम्रो घर भित्रै भो यहाँ सत्यानाश !!
अति भो, अब त नयाँ नेपाल बनाउ ए ताठा बाठा नेता ज्यूहरु !
अब फेरी कहिल्यै यो 'बिने'ले भन्न नपरोस् लोकतन्त्रै भो यहाँ सत्यानाश !!
कुलेश्वर आवास क्षेत्र