18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ओजोन

लघुकथा डा. रविन्द्र समिर November 23, 2010, 7:50 pm

‘दाजुभाइ तथा दिदी बहिनीहरु ! वातावरणीय प्रदूषणको कारण हाम्रो पृथ्वी अहिले चरम संकटमा परेको छ, हामीहरु गम्भीर चुनौतीमा बाँचिरहेका छौँ । आकाशमा ओजोनको तह पातलो भइरहेको छ, प्वाल बढिरहेको छ । यदी हाम्रो सामुहिक प्रयासले आकाशको प्वाल नटाल्ने हो भने विकिरणको प्रभावले हाम्रो असितत्व नै खतरामा पर्नेछ ...........।’

सहरबाट आएका सुकिला मान्छहरुको भाषण सुनेर जुठे आप्mनो घर फर्कियो । सुकुलमा उत्तानो सुतेर विभिन्न ठाउँमा प्वाल परेको आप्mनो झुपडीको छानो हेर्दै उसले बुढीसँग गफ गर्न थाल्यो – हेर बुढी ! सहरबाट आएका मान्छेले हुँदै नभएको आकाशको प्वाल टाल्ने भाषण गर्दै थिए । हाम्रो झुपडीको ओजोन कसरी टाल्ने होला ? जाडो र बर्खामा बित्यासै पर्ने भयो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।