18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अमृत सुबेदी गुराँस November 23, 2010, 7:47 pm

कसैलाई मुटु दिएर आएँ ।

कर्म र मर्म सिएर आएँ ॥

कसैलाई फुल कसैलाई पात ।

गहिरो जलन लिएर आएँ ॥

के दियौ यस्तो अथाहसागर ।

जंघार तर्दा खिएर आएँ ॥

तिमिले साथ छोडेको प्रहर ।

एक पटक मरि जिएर आएँ ॥

अमृत दिएँ विष मैले पाएँ ।

त्यसैमा जहर पिएर आएँ ॥

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।