18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल उज्ज्वल जी.सी. November 23, 2010, 7:44 pm

गणतन्त्र कतै लुक्यो भन्दैछन् मान्छेहरु

बलिदानीको शिर झुक्यो भन्दैछन् मान्छेहरु ।

राहतका मूलहरु चारैतिर टालिएर

गरिबको घॉंटी सुक्यो भन्दैछन् मान्छेहरु ।

पौरखको परिभाषा हत्केलामा हराउदा

स्वाभिमानी मन दुख्यो भन्दैछन् मान्छेहरु ।

जब–जब बोल्छन् परजीवी ब्वॉंसाहरु

दानवले फेरि भुक्यो भन्दैछन् मान्छेहरु ।

आपसमा सहमति गुरॉंसझै नफक्रेर

नेपालको भाग्य चुक्यो भन्दैछन् मान्छेहरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।