गजल
गजल
शिव आर्य
November 19, 2010, 6:41 pm
रात परेपछि रमाईलो भो
जून झरेपछि रमाईलो भो
पराया थियौ चिनारी नहुँदा
कुरा गरेपछि रमाईलो भो
दुःखका खहरेमा हेलियौ संगै
खोला तरेपछि रमाईलो भो
थियो सव उजाड र उदासी
मन सरेपछि रमाईलो भो
रंगमंचमा मात्र हेराहेर भो
पर्दा झरेपछि रमाईलो भो ।
भानु ७, तनहूँ
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।