सुनौलो गाउँ, एकान्त स्थल हावा मन्द थियो
दुइ आत्मा मधुर मुस्कान, वाक्य बन्द थियो ।
अथाह प्रेमसागर ज्वारभाटा अचम्मका
अभूतपूर्व सङ्गम रफ्तार बुलन्द थियो ।
पलकहरू लत्रिएका प्यारका नशा लागी
मिलनको क्षण कस्तो आनन्दै आनन्द थियो ।
कैयौं रात गुज्रिएका अनिँदा सपना खोज्दै
चार नयनको आपसमा मीठो द्वन्द्व थियो ।
यौवनको डाली नुही भुइँसम्म बिछिदिँदा
लजाएर धरती पनि चनकमन्द थियो ।
भरतपुर-१२, चितवन