माया होस त्यो मुटुभरी ओठमा नाम चाहिंदैन बरु
छुरा नहोस बगलीमा मुखमा राम चाहिंदैन बरु
कर्म ठूलो हुन्छ मित्र देखावटि धर्म भन्दा
पवित्र होस मन संगी कुनै धाम चाहिंदैन बरु
सच्चा मित्र हो दुखको स्वार्थि मात्र सुखको
थालनी होस नवीन कार्य कुनै याम चाहिंदैन बरु
प्रतिक्षाको फल मीठो तिमीसंगै बिताउने पल मीठो
क्षणिक उदाई अस्ताउने त्यो घाम चाहिंदैन बरु
मनमा खुशी भरिन्छ जब अवरोध पार गरिन्छ तव
बगरमा हुन्छ फुलैको सहर हरियाली गाम चाहिंदैन बरु
सिद्रा बेच्दै भजन नगाओस कोही गलत अर्थ नलाओस
दुई बिच ‘संगम’ हुन खास ठाम चाहिंदैन बरु
तनहुँ