18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बज्र कुमार राई November 13, 2010, 8:59 pm

एकदिन यो उचाईबाट झर्नै पर्छ तपाईं।।

जनताको कडा सजायमा पर्नै पर्छ तपाईं।।

कति तिब्र प्रगति,पुस्तौंपुस्तालाई जोड्नु भो,

के गर्नु हुन्छ!यत्रो सम्पत्ति मर्नै पर्छ तपाईं।।

निरन्तर बिघ्न-बाधा,राष्ट्र अघि बढेन,

साढेसातको दशा शनि टर्नै पर्छ तपाईं।।

त्यो दिन पापकुण्ड फुट्छ उन्मुक्ती आउँछ,

कुकर्मको धमिलो खोला तर्नै पर्छ तपाईं।।

उदाहरण के दिउँ, श्रीपेच हार्यो भर्खरै,

आखिर शासकत्वबाट पर सर्नै पर्छ तपाईं।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।