18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अमृत सुबेदी गुराँस November 5, 2010, 5:00 am

सँधै पार्छौ मलाई त मारमा अचेल ।

हिड्न थाल्यौ कुन् धारमा अचेल ॥

साँईली माईली सँग मेलामा देख्थें ।

रम्न थालिछौ डिस्को वारमा अचेल ॥

गुन्द्रुकढिडो मकैमोहीमा रमेकी हुन्थ्र्यौं ।

रम्छौ रे नसैनसाको झन्कारमा अचेल ॥

भुलेको हो र साईकलको इतिहास ।

क्या डुल्न थाली छौ कारमा अचेल ॥

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।