17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल तिर्थ(यात्री) पौडेल November 5, 2010, 4:57 am

माइती सम्झी तिहारमा फुलको माला उन्छिन चेली

भाइ पुज्ने मिठो सपना मनमनमा बुन्छिन चेली

बाटो हेर्दै फुल टिप्छीन बटुवालाई खबर सोद्धै

आउदैन भाइ यसपाली नि खबर सुन्छिन चेली

बर्षै बिते कुर्दा कुर्दै भाइ टिका कहिले लाउने

बिर्सियोकी भाइले भन्दै आँसु झर्दै रुन्छिन चेली

माया मारी आएन की नभ्याएर नआएको हो

सम्झिएर रुँदा रुँदै बेहोशी मन हुन्छिन चेली

लखनपुर ३ झापा; हाल:बहराइन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।