मेरो पसिनामा डलर गन्छ मालिक
म ज्याला माग्छु पख—पख भन्छ मालिक ।
आश्वाशन मात्रले बाँचिदैन भन्छु
दिनहुँ भ्रमको खाडल खन्छ मालिक ।
समयले देखाउँछ दाग ह्दयको
क्वैलेसम्म स्वच्छ भै रहन्छ मालिक ।
उठ्न थाल्छन् हातहरु सिमा नाघेपछि
आफ्ना लागि आँफै काल बन्छ मालिक ।