18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल चर्चित ढुंगेल November 1, 2010, 9:16 pm

भेट हुँदा तिमी हाँस्दा नहाँसेर नजाती भो

तिमीसँग चोखो माया नगाँसेर नजाती भो

कतिपल्ट रोधिघरमा नतानेकी कहाँ हौ र

तेतिबेला कुमजोडी ननाचेर नजाती भो

तिमीलाई सुन ठानेँ शायद यही भुल भयो

हिरा रैछ्यौ तिमी मैले नजाँचेर नजाती भो

माया बाँढ्दा बढ्छ भनि बाँढिदिएँ जताततै

तिमीलाई दिने माया नसाँचेर नजाती भो

कैयौँचोटी बाटो छेकी नभनेकी पनि होइनौ

तिम्ले आँट्दा मैले पनि नआँटेर नजाती भो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।