18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान October 24, 2010, 9:02 pm

कसले भन्यो अगाडि कति भयानक हुन्छ

नभनौ पर्दा पछाडि कति भयानक हुन्छ

मुटुमाथि ढुङ्गा राखि बनबास जानु परोस्

त्यो बेला घरबार छाडि कति भयानक हुन्छ

समय हुँदै नहोस् बरु प्रतिक्षा भने होस्

आउँदै नआउँदा गाडि कति भयानक हुन्छ

अभिमन्युले अवश्य बाँचेको भए भन्थ्यो

युद्ध मैदानको खेलाडि कति भयानक हुन्छ

अहिले पो जवानी छ के–के गर्छु भन्छौ

बुढेसकालमा नाडि कति भयानक हुन्छ

कोहलपुर–२, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।