पाहुनापासा आए,रिसाएर गए,
हलुंगो थ्यो मुटु,चिसाएर गए !!
पारी खेत गोडी,उब्जाएको गेडो,
मुसुरोमा ढुंगा,पिसाएर गए !!
माली गाईको दुध,ठेकीभरी दही,
कठैबरा पानी,मिसाएर गए !!
हाँसोखुसी थियो,भकारीमा मेरो,
दु:ख सबै हरे!बिसाएर गए !!
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।